दिपेन्द्र र खगेन्द्रको अर्को चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

0
303

काठमाडौं, १३ जेठ । घोषणादेखि नै निक्कै प्रतिक्षा गरेको चलचित्र ‘धनपति’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक गरिएको हो ।

खगेन्द्र लामिछाने आफैँले लेखेको कथामा खगेन्द्र स्वयम् मुख्य भूमिका रहेको ‘धनपति’मा खगेन्द्रको जोडीका रुपमा सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । तराईबाट काठमाडौं आएर संघर्ष गर्ने एक व्यक्ति र उसको परिवारको कथा नै चलचित्र ‘धनपति’ को स्टोरी लाइन हो । चलचित्र असार २३ गते अलनेपाल रिलिज हुँदैछ ।

चलचित्र ‘पशुपतिप्रसाद’ को मुख्य भूमिकामा रहेका खगेन्द्र र उक्त चलचित्र निर्देशन गरेका खनालले नै निर्देशन गरेका हुन् ।