सभामुखको कार्यकक्षमा ठूला तीन दलका शिर्ष नेता

0
430

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शनिबार ठूला तीन दलका शिर्ष नेताको बैठक सुरु भएको छ ।

सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली नेताहरु नारायण काजी श्रेष्ठ, रामचन्द्र पौडेल, कृष्ण सिटौला, माधव नेपाल, सुवास नेम्वाङलगायतको सहभागीता रहेको छ । एमाले अध्यक्ष ओली केही ढिला गरी आएपछि बैठक ढिला सुरु भएको हो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय सकिनै लाग्दा दलहरुले छलफल पनि बढाउँदै लगेका छन् ।
एमालेले राष्ट्रिय सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको भोलीपल्ट आज तीन दलका शिर्ष नेताको बैठक बसेको हो । बैठकमा संसदमा विपक्षी दलले गरिरहेको अवरोध खोल्ने विषयमा पनि छलफल हुनेछ ।