मिल्यो कुरा सत्तापक्ष–प्रतिपक्षको : फिर्ता हुने महाभियोग, खुल्ने भयो संसद्को अवरोध

0
406

काठमाडौं, १३ जेठ । सत्तापक्ष प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्धको महाअभियोग फिर्ता लिन र पूरानै स्थानीय तहमा चुनाव गराउन सहमत भएको छ । सत्तापक्ष दल र एमालेबीच शनिबार बिहान सभामुखको कार्यकक्षमा भएको वार्तामा सरकार महाभियोग फिर्ता लिन र पुरानै स्थानीय तहका निर्वाचन गराउन सहमत भएको हो ।

सरकार महाभियोग र स्थानीय तह वृद्धिको विषयमा लचक भएपछि एमालेसमेत संसद्को जारी अवरोध खुलाउन सहमत भएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार सिंहदरवारमा भएको वार्तामा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्ष व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग फिर्ता लिन र पुरानै संरचनामा निर्वाचन गर्न तयार भएको जानकारी दिए ।

नेम्वाङका अनुसार, पहिलो चरणको स्थानीय चुनावका क्रममादोलखा,धादिङ,हुम्लालगायतका जिल्लामा राज्य पक्षबाट भएको ज्यादति र धाँधलीका घटना छानविन गर्न संसदीय छानविन समिति गठन गर्ने सहमति समेत भएको छ ।

बैठकमा राष्ट्रिय जनता पार्टीले चुनाव चिन्ह,स्थानीय तह हेरफेरलगायतका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको विषयमा पनि छलफल भएको थियो । राजपाको माग सम्वोधन गर्न सबै पक्ष लचिलो हुँदै जेठ ३१ मै दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने सहमति भएको उनले बताए ।