काठमाडौं महानगरको मेयरमा एमालेका शाक्य विजयी

0
472

काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी उमेद्वार हरिप्रभा खड्गी विजयी भएकी छन् ।

शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई भारी मतअन्तरले हराउदै शाक्य विजयी भएका हुन् ।

शाक्यले ६४ हजार ९१३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका जोशीले ४५ हजार २६९ मत ल्याए । शाक्य र जोशीबीचको मतान्तर १९ हजार ६४४ रह्यो ।

उपमेयरमा विजयी भएकी खड्गीले ५८ हजार ९५२ मत ल्याइन । उनका निकटतम प्रतिद्वन्दी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत ल्याए । उनीहरुबीचको मतान्तर २४ हजार ९८ रह्यो ।