सरकारबाट आर्थिक बर्ष २०७४÷७५ का लागी १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट विनियोजन

0
422

जेठ १५ काठमाडौं। सरकारले आर्थिक बर्षका लागी १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ।यो गत आर्थिक बर्षको भन्दा २१ दशमलव ९ प्रतिशतले बढी हो ।
अर्थमन्त्री कृष्णवहादुर महराले संसदमा बजेट प्रस्तुत गर्दै चालु खर्च ८ खर्ब २ अर्श ५३ करोड रुपैयाँ छुट्याएका छन्।

पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड छुट्याएका छन् भने वित्तीय व्यवस्थापनका लागि एक खर्ब ४० अर्ब छुट्याएका छन्।

सरकारले स्थानीय तहका लागि साधारण अनुदान १ खर्ब ४८ अर्ब र ससक्त अनुदान ७६ अर्ब ४१ करोड छुट्याएका छन्। प्रदेशका लागि ७ अर्ब ३४ करोड छुट्याएका छुट्याएका छन्।

सरकारले राजश्वबाट ७ खर्ब ३० अर्ब ५ करोड उठाउने सरकारी लक्ष्य छ। साँवा फिर्ताबाट १५ अर्ब र वैदेशिक सहायतबाट ७२ अर्ब रुपैयाँ उठाइने सरकारी लक्ष्य छ।

यसैगरी २ खर्ब १४ वाह्यीय ऋण र १ खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाइने सरकारी योजना रहेको अर्थमन्त्री महराले बताए ।