एजेन्सी, १७ जेठ । अमेरिकाले अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र आइ.सि.बि.एम प्रतिरोधी क्षेप्यास्त्र सुरक्षा प्रणालीको सफल परीक्षण गरेको छ । अमेरिकाले पहिलो पटक आइ.सि.बि.एम विरुद्ध सुरक्षा प्रणालीको सफल परीक्षण गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
क्यालिफोर्नियाको हवाई अड्डाबाट जमिनमा आधारित सुरक्षा प्रणालीको सफल परीक्षण गरिएको अमेरिकी मिसाइल सुरक्षा एजेन्सीले जनाएको छ । उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरिरहेका कारणसुरक्षा प्रणालीको परीक्षण गरिएको, पेन्टागनको भनाई छ । उत्तर कोरियाले यो वर्षको नवौं मिसाइल परीक्षण गरेपछि पेन्टागनले सुरक्षा प्रणालीको परीक्षण गरेको हो ।