आफैले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्यवन गरेनन्,समाज कल्याण मन्त्री खड्का पनि प्रधानमन्त्री विरुद्ध !

0
634

काठमाण्डौ जेठ १९ । काठमाडौको टुकुचा बजारमा रहेको इच्छुमती तरकारी बजारका व्यावसायीले पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका बेला तरकारी बजार अन्य ठेकेदारलाई नदिई सिधै किसान व्यावसायीलाई दिने निणर्य गरेपनि हाल सम्म कार्यान्वयन नगरेको दुखेसो उनिहरुले गरेका छन् ।

लामो समय देखी टेण्डरको विषयलाई लिएर तरकारी व्यावसायी आन्दोलित हुँदै आएका छन् । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्कालाई दिएका थिए । हाल खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका छन् । कुमार खड्का मन्त्री बनेपछि प्रधामन्त्रीले गरेको निणर्यका विरुद्धमा गएर व्यावसयीलाई आतंकित बनाउने र निर्णय कार्यन्यवन गर्न आनाकानी गरेको व्यावसायीको आरोप छ ।

प्रचण्ड नेतृत्वको सरकारले उपत्यकाका विभिन्न स्थानमा कृषि बजार केन्द्र खोल्ने नीति ल्याएपनि अहिले सरकार आफ्नै नीति कार्यक्रम विपरित गएर आफुहरुलाई विचल्ली पार्ने काम गरेको भन्दै व्यावसायी आतंकित बनेका छन् । तरकारी बजारमा हाल २ सय भन्दा बढी व्यावसायीलेब्यबसाय सञ्चालन गर्दै आइरहेका छन् । कुमार खड्का समाज कल्याण मन्त्रालयमा आएपछि प्रधानमन्त्रीले गरेको निणर्यलाई लत्याइदिएका छन् । स्रोतका अनुसार उनले निर्णय गर्नको लागी व्यावसायी सँग मोटो रकम माग गरेका छन् ।

मन्त्री खड्काले भृकुटीमण्डमा रहेको प्रर्दशनिस्थल पनि नाममात्रको टेण्डर आव्हान गरेर मोटो कमिसन लिएर आफ्नै व्याक्तिलाई दिन लागि परेका छन् । अघि पछि महिनामा एक दिन मुस्कीलले परिषद्मा पुग्ने खड्का भृकुटीमण्डपको प्रर्दशनिस्थलको निर्णय गर्न विहिबार दिनभर समाजकल्याण परिषद्मा बसेका थिए । प्रचण्ड नेतृत्वको सरकारले राजीनामा दिएर नयाँ सरकार बन्ने कार्य प्रारम्भ हुनै लाग्दा मन्त्री खड्काले यस्तो आशक्तता प्रर्दशन गरेका हुन् ।