काठमाडौं । काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई एक लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनलाई धरौटीमा छाड्न आदेश गरेको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए ।