देउवाको प्रस्तावक र समर्थकमा दाहाल र पौडेल

0
489

काठमाडौं, २० जेठ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा शनिबार ११ बजेपछि मनोनयन दर्ता गर्ने भएका छन् । देउवाको मनोनयन पत्रमा प्रस्तावकको रुपमा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थकको रुपमा रहने बताइएको छ ।

अन्य साना दलका नेताहरुले पनि समर्थकको रुपमा देउवाको मनोनय पत्रमा हस्ताक्षर गर्ने सम्भावना रहेको बताइएको छ । शनिबार ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय सार्वजनिक गरिसकेको छ।

पार्टीको तर्फबाट देउवाको उम्मेदवारी औपचारिक अनुमोदन गर्न र संसदमा रहेका अन्य सबै दलहरुलाई संविधान कार्यान्वयनको सुनिश्चितता र सहमतीय राजनीतिको वातावरण निर्माणका लागि कांग्रेस सभापतिको उम्मेदवारीलाई समर्थन गर्न अपिल गर्न पार्टीको कार्यसम्पादन समितिको बैठक बस्दैछ।