एलोपेथिक उपचार बिधि भन्दा आयुर्वेदीक उपचार धेरै प्रभावकारी । जान्नुहोस् आयुर्वेदीक उपचारका फाईदाहरु

0
974

जेठ २१ काठमाण्डौ । आयुर्वेद चिकित्सा राष्ट्रिय चिकित्सा पद्धती हो, यो जडिबुटिमा आधारीत रहेको छ । यो चिकित्साले स्वास्थ्य सम्बर्धन र रोग प्रतिरोधात्मक तथा उपचारात्मक सेवा मार्फत नागरीकको शारिरिक एवं स्वास्थ्य आयामहरुको उपचार गर्ने काम गर्दछ । नेपाल जल, जमिन र जंगलले मात्र होइन जडिवुटिले पनि सम्पन्न छ ।

आयुर्वेद चिकित्सामा अत्याधिक जडीबुटीहरु बाट निर्मित औषधिको प्रयोग हुन्छ । जडिबुटीबाट निर्मित औषधिले रोगलाई सधैका लागी निर्मुल पार्ने कुरा नबुझेर हामीले विभिन्न केमीकलयुक्त औषधीहरु प्रयोग गरिरहेका छौै । यद्यपी पछिल्लो समयमा भने नेपालमा पाइने जडीबुटीहरुबाट निर्मीत आयुर्वेदीक औषधीहरु पनि प्रयोगमा आउन थालेका छन । नेपालमा मात्र होइन विदेशमा समेत यसको माग बढ्दै गइरहेको छ ।

आयुवेदक चिकित्सा आधुनिक पद्धतिबाट निधान गर्न थालेपछि विरामीहरुको चाप चिकित्सालयमा बढ्न थालेको छ । स्वदेशमा नै उत्पादन भएका जडीबुटीहरुलाई प्रयोग गरी आयुर्वेद पद्धति अनुसार उपचार गर्दै आइरहेको सबैभन्दा पुराजनो र ठुलो सँस्था नरदेवी आयुवेर्दीक चिकित्सालय हो । विक्रम सम्बत १९७१ मा शोभा भगवतीबाट शुरु भएको आयुर्वेद चिकित्सालयले दीर्घकालीन मानव स्वास्थ्य उपचारको काम गर्दै आइरहेको छ ।

एक शैयाबाट शुरु भएको उक्त सेवा विक्रम सम्बत १९७४ मा नरदेवीमा आयुर्वेद चिकित्सालयको नाममा रुपान्तरण भएको हो । आयुर्वेद चिकित्साको माध्यमबाट जनताको स्वास्थ्य समुन्नत पार्न यो चिकित्सालय बैशाख शुक्ल तृतिया (अक्षय तृतिया)को दिनमा स्थापना भएको हो ।

यो चिकित्सालयले हाल स्वर्ण जयन्ती मनाउन गइरहेको छ ।
यस आयुर्वेद अस्पताल विक्रम सम्बत २००८ सालमा ८ शैया, २०१६ मा १६ शैया, २०२५ मा २९ शैया, २०३५सालमा ५० शैया, २०५६,०५७ मा एक सय शैया बनाउन सफल भयो हाल १८ वटा क्याबिन र १०० जनरल बेडको सुविधा सम्पन्न चिकित्सालयले अन्तरंग सेवा सञ्चालन गर्दै आइरहेको छ ।
आयुर्वेद चिकित्सा पद्धतिलाई समय अनुकुलको विकास गरी बिरामीको मागलाई पुरा गर्न आगामी दिनमा भौतिक पूर्वाधारको विकास एवं चिकित्सालयको व्यावस्थापनलाई सुधार गर्दै प्रतिष्पर्धी सेवा विस्तार गर्ने चिकित्सालयले योजना बनाएको छ ।
यस अस्पतालमा विशेषज्ञ सहित १८ जना चिकित्सक एवं स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु गरी लगभग ११८ जनशक्ति कार्यरत छन । नेपालको राष्ट्रिय चिकित्सा पद्धतिको रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धतिबाट आमनागरीकले निशुल्क स्वास्थ्य सेवा पाइरहेका छन ।

नेपाल सरकार आयुर्वेद विभाग मातहतमा रहेका, १ क्षेत्रिय चिकित्सालय,१४ अञ्चल आयुर्वेद औषधालय, ६१ जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्र र ३०५ साधारण आयुर्वेद औषधालयको रिफर संस्थाको रुपमा केन्द्रिय आयुर्वेद चिकित्सालय नरदेवी रहेको छ । चिकित्सालयले आयुर्वेद चिकित्सालाई समयानुकुल प्रबिधिले युक्त गरि आयुर्वेद चिकित्सा पद्धतिबाट नेपाली जनताको स्वास्थ्य र दीर्घायुको लागि गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा योगदान पुर्याउदै आइरहेको छ ।
एलोपेथिक चिकित्सा पद्धती मार्फत सेवन गरिने औषधीले साइड इफेक्ट हुंदा बिभिन्न संक्रमणको सामना गर्नु परेको भए पनि साइड इफेक्ट विना नै दिर्घकालीन उपचार पाउन सकिने आयुर्वेद पद्धती मार्फत उपचार गराउनु पर्छ भन्ने मनस्थीती बन्न सकेको छैन । तथापी पछिल्लो समय भने आयुर्वेद चिकित्सालयमा जनताको आर्कषण बढ्दो छ ।
आयुर्वेद चिकित्सालयमा पहिले शरिरका विभिन्न अंगहरु हेरेर उपचार गरिन्थ्यो भने हाल एक्सरे,भिडियो एक्सरे जस्ता रोग निदानको आधुनीक उपकरणको प्रयोग गरी रोग परिक्षण गरिन्छ । यस चिकित्सालयले बहिरंग तथा अन्तरंग सेवा सञ्चालन गरिरहेको छ । २४ सै घण्टा चिकित्सक तथा नर्सिङ सेवा उपलब्ध छ ।
नरदेवी आयुर्वेद चिकित्सालयमा अहिले सातवटा विधामा विशेषज्ञहरुले उपचार सेवा दिंदै आएका छन् । यस चिकित्सालयले हाल प्रदान गरेका सेवाहरुमा काया चिकित्सा एवं अन्तर्गतका पञ्चकर्म,शल्यशालाक्य एवं अन्तर्गतका क्षारसुत्र,स्त्री एवं प्रसुति रोग,बाल रोग,एक्युपञ्चर सेवा,इसिजी,बिकृती बिज्ञान अन्र्तगत प्रयोगशाला सेवा,एक्सरे,यु एस जी सेवा प्रदान गर्दै आइरहेको छ ।
आयुर्वेद साश्वत पद्धति हो । जुन पहिले पनि थियो, अहिले पनि छ र भविष्यमा पनि जिवित नै रहनेछ । यो चिकित्सालयको व्यावस्थापनले लामो इतिहास र दरिलो व्यावस्थापन गरी भविष्यमा निरन्तर नेपाली जनताको स्वास्थ्य रक्षा,प्रर्वद्धन एवं चिकित्सा सेवा प्रदान गरिरहने प्रेरणा प्रदान गरेको छ ।
चिकित्सालय संञ्चालक समितीका अध्यक्ष ख्यामराज तिवारी चिकित्सालयको बारेमा आफ्ना छुट्टै योजना र रणनीति रहेको बताउँछन् । चिकित्सालय सय बर्ष पुगेको अवसरमा व्यावस्थापकीय पक्षमा सुधार गर्दै सेवा प्रवाहलाई प्रतिस्पर्धि बनाउने अध्यक्ष तिवारीको योजना छ । सल्यचिकित्सा बिनै औषधीमार्फत उपचार गरिने पद्धति हो आयुर्वेदीक उपचार पद्धति ।
चिकित्सालयको नेतृत्व तीन पटक सम्म सम्हाली सकेपनि चिकित्सालयको सेवामा सुधार नभएको जनगुनासोको सम्बन्धमा कार्यकारी निर्देशक डा पन्थी भने आफ्नो कार्यकालमा त्यस्तो समस्या नभएको बताउंनुहुन्छ । स्त्री रोग विशेषज्ञ समेत रहनु भएका कार्यकारी निर्देशक पन्थी आयुर्वेद पद्धति मार्फत उपचार गर्दा स्त्री रोग निदान गरे धेरै फाइदा हुने बताउनुहुन्छ ।
चिकित्सालयले प्रदान गर्ने विभिन्न सेवा मध्ये एक्युपञ्चर सेवा निकै प्रभावकारी भएको बताउँदै एक्युपञ्चर विशेषज्ञ डा.जया सत्याल ।
बालरोग विशेषज्ञ डा राम परमेश्वर ठाकुरका अनुसार आयुर्वेद पद्धतिबाट बालबालिकाको स्वास्थ्य परिक्षण गरे दिर्घ रोगबाट बच्न सकिने सुझाव दिनुहुन्छ ।
डा सरिता बजगाई नरदेवी आयुर्वेद चिकित्सालयमा बढी मात्रमा महिनावारी गडबढी,बाझोपन लगायतका समस्या लिएर स्त्री रोग सँग सम्बन्धित विरामी आउने गरेको बताउनुहुन्छ ।
विरामीको निशुल्क उपचार मात्रै होइन चिकित्सालयले २० प्रकारका औषधि आफै उत्पादन गरी निशुल्क वितरण गर्दै आइरहेको छ ।
हाल नेपालमा मात्र होइन बिश्वभर आयुर्वेद पद्धतिको माग बढ्दै गएको छ । जुन व्यक्ति जुन स्थानमा जन्मन्छ त्यस स्थानको हावा पानी उसका लागि उपयुक्त हुन्छ । त्यसैले आयुर्वेदको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको छ । अन्यत्र उपचार गरेर पनि निको हुन नसकेका विरामीहरु नरदेवी आयुर्वेद चिकित्सालयमा उपचार गरेर निको हुनुले पनि आयुर्वेदको महत्वलाई प्रष्ट्याएको छ । त्यसैले चाडो निको हुने नाममा एलोपेथिक उपचार पद्धति तर्फ लाग्नु भन्दा आयुर्वेद उपचार विधिलाई प्राथमिकता दिनु उत्तम हुनेछ ।