गर्वका साथ गगन थापाले भने नौ महिनामा सबैले सम्झने काम गरें, फेरी अवसर पाए धेरै सुधार गर्छु ।

0
592

जेठ २१, काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले थापाले आफू सुरु गरेको काम पुरा गर्न पनि पुनस् स्वास्थ्य मन्त्री हुनु पर्ने बताएका छन् । विदा हुनुअघि आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमा मन्त्री थापाले आफूले थालेका काम पूरा गर्नका लागि फेरि एक पटक स्वास्थ्यमन्त्री बाध्यता भएको बताएका छन्।

मेरो व्यक्तिगत इच्छा भन्ने हो भने मलाई पुन स्वास्थ्यमन्त्री भएर आफूले थालेका केही महत्वपूर्ण नीतिगत र अरु थुप्रै कामहरुलाई पूर्णता दिन मन छ,मन्त्री थापाले भने। फेरि पनि स्वास्थ्य मन्त्रालय सम्हाल्न पाए अझै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ। ‘मैले साढे नौ महिनाको अवधिमा स्वास्थ्यमा धेरै काम गर्न सकिने रहेछ भन्ने थाहा पाएँ, धेरै कामको सुरुवात पनि गरेँ उनले भने, म फेरि आएँ भने अझै धेरै गर्न सकिन्छ भन्ने विश्वास छ ।

यो साढे ९ महिनको अवधिले आफूलाई थप परिपक्व बनाएको उनको भनाइ छ। साढे ९ महिनामा स्वास्थ्य मन्त्रालयमा मैले धेरै कुरा सिकेँ, जसले मलाई परिपक्व बनाएको छ,मन्त्री थापाले भने, म कृषि तथा जलस्रोतको मान्छे स्वास्थ्यमा आएर धेरै कुरा सिकेँ, म त हेल्थको विद्यार्थी जस्तो भएँ, अब यहाँ नरहे पनि एक जनप्रतिधिको रुपमा बाहिरबाटै स्वास्थ्यक्षेत्रको काम गर्नेछु। पत्रकार सम्मेलनमा बोल्दै थापाले आफ्नो छोटो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गरेका थिए । सो अवसरमा बोल्दै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले नयाँ सरकारमा पनि थापा स्वास्थ्यमन्त्रीको रुपमा दोहोरिने ठोकुवा गरे।