बाँदरमुढे घटनाको १२ वर्ष पूरा : पीडितले अझै न्याय पाएनन् ।

0
2321

काठमाडौं, २३ जेठ । तत्कालिन नेकपा माओवादीले चितवनको बाँदरमुढेमा यात्रुवाहक बसमा बम विस्फोट गराई ३८ जना नागरिको हत्या गरेको घटनाको आज १२ वर्ष पुरा भएको छ । सशस्त्र द्वन्द्व चलिरहेका बेला माओवादीले थापेको विद्युतीय धरापमा परी २०६२ साल जेठ २३ गते ३८ जना सर्वसाधारणको मृत्यु भएको थियो भने, ७५ जना घाइते भएका थिए ।

बाँदरमुढे घटना घटेको दिनलाई कालो दिनका रुपमा सम्झेर घटनामा मृत्यु हुनेहरुको सम्झनामा बाँदरमुढेमा वर्षेनी विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको छ । १ सय ५० जना यात्रु बोकेर माडीको बगईबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबस विद्युतीय धरापमा परेको थियो । घटना भएको १२ वर्ष पुग्दा पनि घटनाका पीडितहरुले भने उचित राहत पाउन सकेका छैनन् । घटनामा घाईते भएका मध्ये एक जनाले आत्महत्या समेत गरिसकेका छन् भने तीन जनाको उपचार नपाएर मृत्यु भएको छ ।