कतारका विमानमाथि इजिप्ट र साउदी अरेबियाको प्रतिबन्ध

0
721

काठमाडौं, २३ जेठ । कतारसँग कुटनीतिक सम्बन्ध तोडेका इजिप्ट तथा साउदी अरेबियाले आफ्नो कदमलाई थप कडा पारेका छन् । इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उडन् नदिने भएका छन् ।

क्षेत्रीय स्थिरतालाई खलल पु¥याएको आरोपमा हिजो कतारसँगको सम्बन्ध तोड्ने सात मुलुक मध्येका,, इजिप्ट र साउदी अरेवियाले कतारको विमानलाई आफ्नो हवाई मार्ग प्रयोग गर्न नदिने गरी प्रतिबन्ध लगाएका हुन् ।

यस्तै, साउदी अरब, युएई, इजिप्ट र बहराइनले कतारलाई हवाई, जमीन र समुद्री मार्गमा समते रोक लगाएका छन् । यद्यपि, साउदी अरबले हज यात्रीका लागि कुनै प्रतिबन्ध नलगाउने जनाएको छ । माल्दिभ्सले पनि कतारसँगको सीमा बन्द गरेको जनाएको छ ।