बिदाईमा ढाँटे शिक्षा मन्त्रीले : शिक्षा नियमावली पारित भएकै छैन्

0
323

काठमाडौं, २३ जेठ । शिक्षा नियमावली पारित हुन अझै केही समय लाग्ने भएको छ । शिक्षा ऐन संशोधन भएको १० महिनापछि गएको शुक्रबार नियमावली पारित भएको भनिए पनि त्यसो नभएको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शिक्षा, संघीय मामिला तथा स्थानीय विकास र अर्थ मन्त्रालयका सहसचिवहरु सम्मिलित प्राविधिक रायका लागि गठित समितिमा अहिले पनि नियमावलीमाथि छलफल चलिरहेको छ ।

समितिमा देश नयाँ संरचनामा गइसकेकाले संघीयता सुहाउँदो गरी नियमावली निर्माण गर्नु पर्ने विषयमा छलफल चलिरहेकाले नियमावली पारित हुन अझै केही समय लाग्ने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्री धनीराम पौडेलले भने विदाईका क्रममा केहीदिन अघि पत्रकार सम्मेलन गरेर शिक्षा नियमावली पारित गरेको झुठो दाबी गर्नुभएको थियो ।

नियमावली आउन ढिलाई हुँदा शिक्षा क्षेत्रमा अन्यौलता बढेको छ । गएको असारमा शिक्षा ऐनको आठौं संशोधन भए पछि नयाँ नियमावली आवश्यक भएको हो ।