प्रचण्ड हिट्लर बन्न खोजे : ओली ।

0
270

जेठ २३ काठमाण्डौ । संसद बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भरतपुरमा मत पत्र च्यातेर माओबादिले हार स्विकार गरेको दावी गरे । मत पत्र च्यात्ने हो भने लोकतन्त्रको भविष्य सकिने भन्दै ओलीले खराव नियतका साथ पुनःमतदान गर्न नसकीने जिकिर गरे । मतपत्र च्यात्नेलाई बाजा बजाएर स्वागत गर्नुले लोकतन्त्रको खिल्ली उडेको भन्दै सरकारले दोषीलाई हौसाएको आरोप लगाए । जनताले मत दिएनन् भन्दैमा जनमतको अपमान गर्ने अधिकार कसैलाई नभएको भन्दै मतपत्र च्यात्नेलाई कानुनी कारबाही गर्न सकिने बताउंदै नेपाली काँग्रेसका सभापति देउवालाई प्रश्न गरेका थिए मतपत्र च्यातिएको प्रकरणमा काँग्रेसको आधिकारकि धारण माग गरेका थिए । ओलीले काँग्रेस महत्वपुर्ण घटना र बिषयहरुमा मौन बसेको भन्दै ठूलो पाटीले मुख खोल्न आग्रह गरे ।