प्यूठानका ९ वटै स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवार छानिए

0
378
नेपाली कांग्रेस प्यूठानले जिल्लाका सवै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । दुई नगरपालिका र ७ वटा गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुको टुंगो लगाएको नेपालीका कांग्रेस प्यूठानले जनाएको छ ।
कांग्रेसले प्यूठान नगरापालिकाको मेयरमा पत्रकार समेत रहेका पार्टी सचिव देवेन्द्र वर्माको उम्मेदवारी तय गरेको छ । उपमेयरमा भगवता विष्ट रहनुभएको छ । स्वर्गद्धारि नगरपालिकाको मेयरमा पार्टी क्षेत्रिय सभापति टेक प्रसाद भण्डारी र उपमेयरमा वालि खड्कालाई कांग्रेसले उठाएको छ ।
मल्लरानी गाउपालिकाको अध्यक्ष विजय कुमार श्रेष्ठ र उपाध्यक्षमा वसन्ता भट्टको नाम टुंगो लगाएको छ । भट्ट नेपाल पत्रकार महासंघ प्यूठानको महिला उपाध्यक्ष हुनुहुन्छ ।
नौवहिनी गाउपालिकामा नेकपा माओवादि केन्द्र र नेपालि काग्रेस विच तालमेल भएकाले प्रमुखमा नेपाली काग्रेसका पुर्व पार्टी सचिव शिव रिजालको नाम टुंगो लगाएको कांग्रेस प्यूठानले जनाएको छ । गौमुखी गाउँपालिकाको अध्यक्ष युवा नेता तथा पुर्व पत्रकार विष्णु कुमार गिरि र उपाध्यक्षमा तुलसि सुनारको नाम टुंगो लगाइएको छ । झिमरुक गाउपालिकाको अध्यक्ष पत्रकार महासंघका पुर्व उपाध्यक्ष प्रमोद पोख्रेल र उपाध्यक्ष सरस्वता पोख्रेलको नाम टुंगो लागेको छ ।
त्यसैगरि माण्डवी गाउँपालिकाको अध्यक्षमा रेशम ठेडी र उपाध्यक्षमा केशरा पौडेलको उम्मेदवारी टुंगो लागेको छ । सरुमारानी गाउँपालिकाको अध्यक्षका लागि स्थायी शिक्षकबाट राजिनामा गरेर आएका मोहन पन्थी र उपाध्यक्ष तुलसा विष्टको उम्मेदवारी टुंगो लगाएको कांग्रेस श्रोतले जनाएको छ ।
ऐरावती गाउँपालिकाको अध्यक्ष नविलविक्रम शाह र उपाध्यक्ष जलजला थापाको उम्मेदवारी तय भएको छ ।
कांग्रेसले सवै वडाका वडा अध्यक्ष र सदस्यहरुको समेत टुंगो लागेको जनाएको छ ।