ओलीलाई हप्काउँदै प्रचण्डले भने मैले टुटी मात्रै खुलेको हुँ ?

0
290

जेठ २३ काठमाण्डौ ।
संसदमा प्रस्तुत भएको संविधान शंसोधन विधयक सबैलाई मान्य हुने खालको भएकाले दोस्रो स्थानीय तहको निर्वाचन अगावै पारित गर्नु पर्दछ । मेरो गोरुको १२ टक्का भन्ने प्रवृति त्याग्न आवश्यक रहेको र प्रतिपक्ष एमालेले त्यसमा सहयोग गर्नुपर्ने प्रचण्डको भनाइ थियो । त्याग गर्न सके मात्रै राष्ट्रिय नेतृत्व र पहिचान बनाउन सकिने भएकाले आफ्नो अडानमा लचक हुन प्रचण्डले एमालेलाई आग्रह गर्नुभयो । एमालले सदन अवरोध गरेर निर्वाचन कानून विपरित काम गरेको प्रचण्डको आरोप थियो । भरतपुरमा मतपत्र च्यात्ने काम गलत भएको आफुले पहिलानै भनिसेकेको र निर्वाचन आयोगलाई कानून बमोजिम अँगाडी बढ्न भनेको बताउनुभयो । मेरो पार्टीले हारोस् देशले जित्नुपर्छ, जनताले जित्नुपर्छ भने आफुले त्याग गरेको उनले दावी गरे । उनले ओलीलाई पूर्वाग्रही ढंगबाट दम्भ देखाएको आरोप लगाए । भरतपुर निर्वाचन परिणामलाई पारदर्शी र निश्पक्ष बनाएर सबैलाई चकित पार्ने प्रचण्डले जिकर गर्नुभयो ।