काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका अफवाह र चरित्रहत्या गर्ने प्रयासलाई लिएर पहिलो पटक उनकी पत्नी सबिना काफ्लेले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन्।
सबिनाले आफ्नो आधिकारिक फेसबुक मार्फत बालेन शाह, आफैं, परिवार र साथीहरूको तस्बिर साझा गर्दै एक व्यङ्ग्यात्मक टिप्पणी गरेकी छिन् । उनले भनेकी छिन् “आफ्नो पार्टीको नामसहित नाम र नम्बर कमेन्टमा दर्ता गर्नुहोस, अझै कन्टेन्ट दिन्छु।”
यो प्रतिक्रिया महानगर प्रवक्ता नवीन मानन्धरको हालैको एक अन्तर्वार्तासँग जोडिएको छ। सो अन्तर्वार्तामा मानन्धरले बालेन शाहको एक युवतीसँगको तस्बिर प्रस्तुत गर्दै अप्रत्यक्ष रूपमा चरित्रमाथि शंका उत्पन्न हुने खालका टिप्पणी गरेका थिए।
सबिना काफ्लेले सार्वजनिक रूपमा कमै प्रतिक्रिया दिने गरेकी छन्। तर, यसपटकको पोस्टले उनले मेयर बालेनविरुद्ध भइरहेको नियोजित प्रचारप्रति असन्तुष्टि व्यक्त गरेकी बुझिन्छ।









