संसदको दोस्रो बैठक सुरु, देउवाले आफ्नो धारणा राख्दै

0
468

काठमाडौं, २३ जेठ । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । अहिले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो धारणा राखिरहेका छन् । उनी प्रधानमन्त्रीका एक्ला उम्मेदवार हुन् र देउवाको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।

तर, संसद नियमावली अनुसार एक मात्र उम्मेदवार भएपनि निर्विरोध घोषणा गर्न मिल्दैन । त्यसैले देउवाका प्रस्तावक, समर्थकले बोल्ने र देउवालाई प्रधानमन्त्रीमा निर्वा्चित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

प्रधानमन्त्रीमा निर्वा्चित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ । कांग्रेस सभापति देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन देखिएको छ ।