जेठ २३ काठमाडौ ।प्रधानमन्त्रीमा आफ्नो उम्मेदवारीको औचित्य पुष्टी गर्न बोल्दै काँग्रेस सभापति देउवाले आफ्ना ४ एजेण्डा मुख्य प्राथमितामा रहेको बताउनु भएको छ । सबै मिलेर अँगाडी बढे देशलाई समृद्ध बनाउन सम्भव भएको भन्दै तोकिएको समयमै बाँकि रहेको निर्वाचन,सम्पन्न संविधान संशोधन,पूर्वाधार विकास आर्थिक उन्नतिमा आफ्नो नेतृत्वको सरकारको ध्यान रहने बताउनु भयो । प्रधानमन्त्रीका प्रस्तापक प्रधानमन्त्री प्रचण्डले काँग्रेस सँग भएको सहमति अनुसार आफुले देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले नै नयाँ प्रधानमनत्रीलाई प्रस्ताव गर्नु नेपाल र विश्वकै लागी नौलो भएको बताउनुभयो । देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने पक्षमा समर्थन गर्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई राष्ट्रिय एकताको दिशामा अँगाडी बढाउनु पर्ने भएकाले आफुले देउवालाई समर्थन गरेको बताउनुभयो ।