माओवादी नेता बालुवाटारमा भेला : देउवा सरकारमा जाने मन्त्री छान्दै

0
596

काठमाडौं, २४ जेठ । देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको छनोट गर्न बालुवाटारमा माओवादी हेडक्वार्टरको बैठक बोलाइएको छ । बुधबार बिहानै सुरु भएको बैठकले प्रारम्भमा दुईजना मन्त्रीको नाम सिफारिस गर्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गर्नेछन् र पहिलो चरणमा आजै केही मन्त्रीहरुले समेत सपथ खानेछन् । यसक्रमा माओवादीले पहिलो चरणमा गृहमन्त्री र उपप्रधानमन्त्री पठाउने गृहकार्य गरेको छ ।

देउवा सरकारमा माओवादीले ८ वटा मन्त्रालय सम्हाल्ने छ । आज दुई मन्त्रीहरु छनोट गरेपछि बाँकी छ मन्त्री दोस्रो चरणमा छानिने छन् ।