पदभार सम्हाल्दै देउवाले लिए सदाचार नीति

0
448

काठमाडौं, २४ जेठ । नवनिर्वा्चित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वा्चित प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्तीलगयात विभिन्न दलका शीर्ष नेताहरु, सर्वाेच्च अदालतका कामुप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली तथा संवैधानिक अङ्गका प्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा अङ्गका प्रमुखहरु सहभागी भएका थिए ।
यस्तै आजै देउवाले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री देउवाले शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिएका थिए । लगतै सिंहदरबार आएका देउवाले पदभार सम्हालेका छन् ।

देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरे । यस्तै अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ ।