विप्लवको बन्द आब्हान : जनजीवन प्रभावित

0
581

दाङ, ३० जेठ । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आजका लागि आह्वान गरेको राप्ती बन्दले दाङ जिल्ला ठप्प भएको छ । बन्दका कारण यातायात पसल तथा कलकारखानाहरु सञ्चालन हुन सकेका छैनन् भने विद्यालय पनि चल्ने अवस्था देखिएको छैन् ।

बन्दकर्ताहरू भने कतै सडकमा देखिएका छैनन् । दाङ लगायत राप्ती अञ्चल अन्तर्गतका रोल्पा, रुकुम, सल्यान, प्यूठान जिल्लामा जनजीवन प्रभावित भएको छ । रोल्पा, रुकुम, दाङ लगायत विभिन्न ठाउँबाट पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै नेकपाले मंगलबार राप्ती बन्द गरेको हो ।