नेपाल एयरलाइन्सको कतार उडान सुरु,अब इरान हुंदै कतार पुगिने ।

0
497

जेठ,३० काठमाडौं । नेपाल एयरलाइन्सले इरानबाट एयरस्पेश लिएर कतारको दोहामा आफ्नो उडान सुचारु गरेको छ । कतारलाई खाडी राष्ट्रहरुले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गर्दै एक्ल्याएपछि नेपाल एयरलाइन्सलाई त्यहाँ छिर्ने एयर रुटको समस्या परेको थियो ।

नेपालले इरानबाट ‘फ्लाइओभर पर्मिसन’ लिएको थियो । तर, त्यसको दुई दिनपछि नै नेपाल एयरलाइन्सले आफ्नो पुरानो भुक्तानी नदिएको भन्दै इरानको फ्लाइओभर पर्मिसन रोकेको थियो । एयरस्पेश लिइसके पनि नेपाललार्इ समस्या भएको छ ।
यसअघि साउदी हुँदै नेपाल एयरलाइन्स कतारमा प्रवेश गथ्र्यो । तर, आफ्नो आकाशबाट पनि कतार जान विमान कम्पनीहरुलाई साउदीसहितका राष्ट्रले रोकेपछि नेपालले इरानबाट फ्लाइओभर अनुमति लिएको थियो ।

नेपाल एयरलाइन्सले यसअघि इरानको बाटो हुँदै गर्ने उडानको ११ हजार २ युरो तिर्न बाँकी रहेको देखिएपछि इरानले २४ घण्टासम्म फ्लाइओभर पर्मिसन दिएको थिए ।

नेपाल एयरलाइन्सले काठमाडौं(दोहा(काठमाडौं रुटमा हप्तामा ३ वटा उडान गर्ने गरेको छ । कतारमा रहेका नेपालीहरुलाई नेपाल एयरलाइन्सले कम भाडादरमा सुविधा दिइरहेको छ ।