राष्ट्रपति भण्डारी स्विटजरल्याण्ड प्रस्थान ।

0
318

जेठ, ३० काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विटजरल्याण्ड प्रस्थान गर्नु भएको छ । जेनेभामा आयोजना हुने १०६ औं श्रम सम्मेलनमा सहभागी हुन मंगलबार साँझ राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्नु भएको हो।
राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, राष्ट्रपतिकी स्वकीय सचिव विमला पौड्याल राई, मन्त्रालयका अन्य वरिष्ठ अधिकृत त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक भागका रुपमा रहेको रोजगारीको विश्व शिखर बैठक’ मा राष्ट्रपति भण्डारीले असार १ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

भण्डारी असार ४ गते स्वदेश र्फकने तालिका छ ।