अमेरिकी राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री देउवाको जन्मदिन आज, दुवै लागे ७१ बर्ष

0
799

काठमाडौं, ३१ जेठ । कहिले काहिँ यस्तो संयोग पर्छ की जुन साँच्चिकै अनौठो हुन्छन् । अपत्यारिला पनि लाग्छन् । यस्ता विरलै हुने संयोग आज जुरेको छ ।

किनकी आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म दिन हो । र दुवै ७१ बर्ष लागेका छन् । प्रधानमन्त्री देउवा २००३ साल जेठ ३१ गते डडेल्धुरामा जन्मिएका हुन् । उनी ७१ बर्ष पुगेका छन् ।

देउवा नेपालको प्रधानमन्त्रीमा जेठ २३ गते चौथो पटक निर्वाचित भए । सामाजिक विकास–अभियन्ता पत्नी सांसद डा. आरजू देउवा र एक छोराका साथ हाल उनी काठमाडौंको बुढानिलकण्ठमा बसोवास गर्छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनले सन् १९८८–८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लण्डन स्कूल अफ इकोनोमिक्समा राजनीतिशास्त्र विषयमा अनुसन्धान गरेका थिए ।

देउवा श्रीमती सांसद डा.आरजू देउवा र छोरा जयविर देउवाका साथमा काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका छन् । एक छोराका साथ हाल उनी बसोवास गर्छन् ।

उता अमेरिकी राष्ट्रपति ट्रम्प सन् १९४६ जुन १४ मा न्यूयोर्कमा जन्मिएका हुन् । ट्रम्प २०१७ जनवरी २० मा अमेरिकी राष्ट्रपतिमा निर्वा्चित भएका हुन् । ट्रम्पले अर्थशास्त्रमा डिग्री गरेका छन् । उनले व्हार्टन स्कूल, यूनिवर्सिटी आफ पेनसिलवेनिया बाट शिक्षा प्राप्त गरेका हुन् ।

ट्रम्पले तीन विवाह गरेका छन् । उनले पहिलो विवाह पूर्व ओलम्पिक खेलाडी इवानासँग गरेका थिए । उनीहरुबीचको सम्बन्ध सन् १९७७ देखि १९९१ सम्म चल्यो । त्यसपछि उनले १९९३ मा अभिनेत्री मर्लासँग विवाह गरे र १९९९ मा सम्बन्ध विच्छेद गरे । उनले तेस्रो विवाह २००५ मा मोडल मेलानियासँग गरेका छन् । ट्रम्पका तीन विवाहबाट पाँच सन्तान र आठ नातिहरू रहेका छन् ।

विश्वका दुई देशका कार्यकारी प्रमुखको जन्म दिन एकै दिन पर्नु र उमेर पनि समान हुनु साँच्चिकै अनौंठो संयोग हो ।