२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

शेखर काेइराला भन्छन्- सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा (शनिबार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग राख्नुपर्ने बेला भइसकेको टिप्पणी गरे।

उनले कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे। नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरूसँग रहेको भन्दै सत्ताको चाबी कांग्रेसले खोल्नु पर्ने बताए। कांग्रेसको भविष्यको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिक समक्ष लैजानुपर्ने बताए। कोइरालाले कतार, दुबईहरू बनाउने नेपालीहरूले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताए। नेपाललाई नेपाल बनाउनु पर्ने उनको भनाइ छ।

डा. शेखर कोइरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गरेका छन् । आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गरेका हुन्।

उनले कांग्रेसको विधानमा ४ वर्षमा गर्नुपर्ने प्रावधान रहेको बताए। यस पटक के–ले महाधिवेशन रोक्यो ? भन्दै उनले प्रश्न गरे। महाधिवेशन रोक्नुपर्ने कारण के हो ? भनेर कार्यकर्ताहरूले प्रश्न गर्न सक्नुपर्ने उनको भनाइ छ। कोइरालाले नेपाली कांग्रेस कमजोर नरहेको बताए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।