दोस्रो चरणको निर्वाचन : रुपन्देहीका ६ स्थानीय तह अतिसंवेदनशील

0
316

रुपन्देही, १ असार । रुपन्देहीका ६ वटा स्थानीय तहलाई अति संवेदनशील घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले दक्षिणी क्षेत्रका लुम्विनी साँस्कृतिक नगरपालिका तथा कोटरीमाई, मर्चवारी, मायादेवी, रोहिणी र समरीमाई गाउँपालिकालाई अति संवेदनशील क्षेत्रको सूचिमा राखेको हो ।

भारती सीमा क्षेत्रमा रहेका यी सबै स्थानीय तह आन्दोलनरत दल राजपाको प्रभाव क्षेत्रको रुपमा छन् । सैनामैना, देवदह तथा सिदार्थनगर नगरपालिकाका साथै सियारी, ओमसतिया, कञ्चन र गैडहवा गाउँपालिकालाई संवेदनशीलको सूचिमा राखेको सुरक्षा समितिको बैठकले बुटवल उपमहानगरपालिकालाई भने सामान्यको सूचिमा राखेको छ । रुपन्देहीमा एक उपमहानगरपालीका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह छन् ।