२०८२ माघ ५ गते सोमबार
२०८२ माघ ५ गते सोमबार

टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, यी हुन् पहाडीसहित १८ प्रतिवादी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्यालसहित पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल, प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठलाई समेत प्रतिवादी बनाएर आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो कायम गरिएको छ। यस्तै राजेन्द्र श्रेष्ठ, धविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, अमूल प्रधान, राजीवकुमार केसी, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, शंकरकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेस श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ। त्यस्तै, एक चिनियाँ कम्पनी, कम्पनीका सिनियर डाइरेक्टर लङ योङ, म्यानेजर हुवाङ ओईलाई पनि प्रतिवादी कायम गरेर मुद्दा चलाइएको छ।

यस्तो छ अभियोग पत्र

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।