टुट्यो सलोन र करिष्माको मायाको डोरी : भन्छन्– अब फेरियो साईनो

0
864

काठमाडौं, ३ असार । रंगीन दुनियाँमा प्रेममा पर्नु र टुट्नुलाई त्यति ठूलो घटना नसम्झदा हुन्छ । एउटा फिल्ममा सँगै काम गरेपछि प्रेममा परेका कलाकार अर्को फिल्मका लागि अर्को ब्यानरमा पुग्दा प्रेम वियोगको मोडमा पुगिसकेका हुन्छन् । प्रेम वियोग पछि एक अर्काको साथमा काम गर्न नचाहाने मात्रै होईन नामै लिन चाहदैनन् ।

तर, कलाकार सलोन बस्नेत र नायिका करिष्मा श्रेष्ठको हकमा भने यो व्यबहार लागु भएन् । गहिरो प्रेममा रहेको यो जोडिको प्रेम सम्बन्ध टुटेको छ । तर, प्रेम टुटेपछि पनि यो जोडी एउटै फिल्ममा अनुबन्धित भएका छन् ।

फिल्म ‘बाबु कान्छा’मा एकसाथ काम गर्दै छन् । सोहि फिल्मको एक कार्यक्रममा यो जोडिले आफूहरु प्रेमी–प्रेमीकाबाट अहिले राम्रो साथी भएको बताएका हुन् । करिष्मा भन्छिन् ‘हामी एक अर्कासँग नजिक छौँ । प्रेमको सम्बन्ध भन्दा माथी हाम्रो सम्बन्ध छ । हामी एक अर्कालाई बुझछौँ । माया गछौँ , साथ दिन्छौँ ।’

यी दुईले मिडिया सामु आफ्नो बे्रकअप समेत भएको बताएका छन् । सलोन भन्छन् ‘कुनै बेला मायामा थियौ सायद तर त्यसलाई प्रेमकै सम्बन्ध भन्न मिल्दैन । अहिले हामी अझ एक अर्कालाई बुझ्ने भएका छौँ । भविष्यमा के होला होला । अहिले भने हामी साथी हौँ । ’