कपिलबस्तुमा बम विस्फोट, विस्तृत विवरण आउन बाँकि !

0
468

काठमाडौ असार ४ । कपलिबस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ ।उम्मेदवारी दर्ताको क्रम धमाधम चलिरहेका बेला दर्ता स्थलमै बम विस्फोट भएको हो । घटनामा ९ जना घाइते भएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो ।

विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी जानाएको छ । बम विस्फोट कसले गराएको भनने बारेमा अनुसन्धान भइरहेको छ ।थप क्षतिको विवरण पनि आउन बाँकि छ ।