म्याग्दी, २० असार । वर्षासँगै आएको पहिरो र बाढीले बेनी–दरवाङ सडक खण्डका विभिन्न ठाउँको सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत फापरखेत र सिमलचौरको कस्केरीमा पटक पटक सडक अवरुद्ध हुन थालेको छ ।
सिमलचौरको कस्केरीचोकमा मिठौला– खानीगाउँ– पूर्णगाउँ सडकमा नयाँ विस्तार गरिएको सडकको माटो बाढीले बगाएर ल्याएका कारण सडकमा सवारी आगमनलाई प्रभावित बनाएको छ ।
जीर्ण सडकमा सवारी अवरुद्ध हुने समस्याले सवारी चालकसँगै यात्रुसमेत समयमै गन्तव्यमा पुग्न नसक्ने र सवारी परिवर्तन गर्नुपर्ने बाध्यताले हैरानी व्यहोर्न बाध्य भएका छन् ।
दरवाङदेखि सवारी साधन सञ्चालन हुने ताकम हुँदै मुना, निस्कोट, ओखरबोट हुँदै सोले, देवीस्थान, बिम , दिच्यामलगायत ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध बनेका छन् ।
Post Views: 363