नेपालको हवाई सुरक्षा अवस्थाबारे अनुगम, आइकावोको टोली काठमाण्डौमा ।

0
492
असार २० काठमाण्डौ । नेपालको नागरिक उड्डयन सुरक्षा अवस्थाबारे अनुगम गर्न आएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ को टोलीले मंगलबारबाट काम थाल्ने एक अधिकारीले बताएका छन्।
सन् २००९ देखि असुरक्षित भनिंदै आएको नेपालको नागरिक उड्डयन क्षेत्रको छवि सुधार्न नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबारबाट आफ्नो हवाई सुरक्षा परीक्षण गराउँदैछ।
प्राधिकरणको निम्तोमा नेपाल आएका आइकाओका दुई प्रतिनिधिले नेपालको हवाई सुरक्षा अवस्थाको परीक्षण गर्न लागेका हुन्।
यो परीक्षणमा सफल हुन सके नेपाली वायुसेवामाथि युरोपेली संघ इयु ले लगाएको प्रतिबन्ध हट्नसक्छ।
आफूले अपनाएका सुधारात्मक अभ्यास अनुमोदन हुनेमा ढुक्क भएपछि आईकाओका प्रतिनिधिलाई परीक्षण गर्न आमन्त्रण गर्ने अन्तर्राष्ट्रिय चलन छ।
निगरानीकर्ता
नेपालले पनि आइकाओलाई बुझाएको सुधारात्मक कार्ययोजना अनुसार काम गरेको प्रमाणित गर्न अन्तर्राष्ट्रिय नागरिक उड्यन निगरानीकर्ता संस्थाका प्रतिनिधि बोलाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए।
उनीहरुले हाम्रो कामको समीक्षा गरिरहेका थिए। उनीहरुले सन्तोषजनक छ भनेपछि हामीले बोलायौँ।
सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने हाम्रो अवस्था सन् २०१३ मा ४३ प्रतिशत थियो। अहिले ५८ दशमलव १ प्रतिशत छ। विश्वव्यापी लक्ष्य ६० प्रतिशत हो,
राजन पोखरेल, उपमहानिर्देशक, नेपाल नागरिक उड्डयन
सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने हाम्रो अवस्था सन् २०१३ मा ४३ प्रतिशत थियो। अहिले ५८ दशमलव १ प्रतिशत छ। विश्वव्यापी लक्ष्य ६० प्रतिशत हो हामी त्यहाँ पुग्छौं होला।
सन् २००९ मा गरिएको नेपालको हवाई सुरक्षा परीक्षण सन्तोषजनक नरहेको आइकाओले जनाएको थियो।
त्यसपछि सन् २००१३ मा उसले फेरि परीक्षण गर्यो र नेपाललाई महत्वपूर्ण सुरक्षा चासोको सूचीमा राखिदियो।
आइकाओकै प्रतिवेदको आधारमा युरोपेली संघले पनि नेपाललाई कालोसूचीमा राखेको हो।
आइकाओले जाँच्ने आठ क्षेमध्ये नेपालको हवाई कानुनी, संरचनागत ढाँचा, सुरक्षा निरीक्षण गर्ने क्षमता आदिको स्तर परीक्षण गरिने पोखरेलले बताए।
आइकाओको परीक्षणको प्रतिवेदन आउन डिसेम्बरसम्म लाग्ने पोखरेल बताउँछन्।
उनले भने, उहाँहरुले आफ्नो रिपोर्ट दिनुहुन्छ त्यसका लागि ३ महिना लाग्छ। त्यसमा हामीले हाम्रो प्रतिक्रिया दिन्छौं त्यसको आधारमा डिसेम्बरसम्म उहाँहरुले अन्तिम रिपोर्ट दिनुहुन्छ।
नेपालमा वर्षेनी सरदर दुईवटा हवाई दुर्घटना भइहेको अवस्थामा अन्तर्राष्ट्रिय परीक्षणकर्ताको निष्कर्ष प्राधिकरणको विपक्षमा जान सक्ने कतिपय जानकारको अनुमान छ।
आइकाओको भनाइमा हवाई दुर्घटनाको अनुसन्धान प्रभावकारी हुन नसक्नु नै नेपालको हकमा सबैभन्दा फितलो पक्ष देखिएको छ।
दुर्घटनाको अनुसन्धानको विश्वव्यापी ‍औसत ५५ दशमलव ५४ प्रतिशत ‍रहेको अवस्थामा नेपालको औसत जम्मा २०।४१ प्रतिशत मात्र रहेको अधिकारीहरु बताउँछन्।बिबिसी नेपाली ।