तुलसीपुर उपमहानगर र भद्रपुर नगरपालिकामा एमाले बिजयी ।

0
435
असार २२ काठमाण्र्डौ । नेपाली काँग्रेसको पकड क्षेत्र मानिएको दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
त्यसैगरी, उपप्रमुख पदमा एमालेका मायाँ आचार्य २१ हजार ३६ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी देविका नेपालीले २० हजार १८५ मत प्राप्त गर्नुभएको निर्वाचन सहायक अधिकृत ललितबहादुर घर्तीले जानकारी दिनुभएको छ ।
कुल मतदाता ७६ हजार ७०० रहेको तुलसीपुर उपमहानगरपालिकामा ५७ हजारभन्दा बढी मत खसेको थियो ।
भद्रपुर नगरपालिकामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
प्रमुख श्रेष्ठले ११ हजार ४२ र उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेश पोखरेलले सात हजार २१५ तथा विजयी उपप्रमुख श्रेष्ठले १० हजार ६५० र उहाँका प्रतिद्वन्द्वी नेकाकी तारा भुर्तेलले छ हजार ४९८ मत प्राप्त गर्नुभयो ।
यसैगरी, भद्रपुर नगरपालिका वडा नं ९ र १० बाट नेकपा ९एमाले० का अध्यक्ष क्रमशः टेकबहादुर खड्का ९काजी० र सनिलाल राजवंशीसहित समूह नै विजयी भएका छन् ।
खड्काले एक हजार ५७८ र उहाँका प्रतिद्वन्द्वी नेकाका अमरबहादुर कार्कीले ८८२ तथा राजवंशीले एक हजार २०९ र उहाँका प्रतिद्वन्द्वी नेकाका राजेन्द्र रिजालले ९३४ मत प्राप्त गर्नुभयो ।