२२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले काँग्रेस भित्रको गुट, उपगुटले मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्यामा पारेको बताएकी छन् ।भुषालले मन्त्रिमण्डल विस्तार हुन अझै हप्ता दश दिन लाग्न सक्ने उल्लेख गरिन् ।
बिहीबार भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक कलह बढदै गएको बताइन् ।
भुसालले संवैधानिक व्यवस्था अनुसार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । साथै आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी हुने विश्वास ब्यक्त गरिन् ।आजै मनत्री मण्डल विस्तार हुने बताइएपनि त्यसो हुन सकेन ।