संविधान संशोधन पछि मात्रै सरकार बिस्तार ।

0
303
असार २३ काठमाण्डौं । सत्ताधारी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी राजपा नेपालसँग संविधान संशोधनबारे छलफल गरेपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेका छन्।
प्रधानमन्त्री देउवाले शुक्रबार राजपालाई छलफलमा बोलाएको सत्तापक्षका एकजना नेताले जानकारी दिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारमा हतार नगर्ने भन्दै त्यस्तो प्रस्ताव राखेको बताइएको छ।
आपसमा मन्त्रालय र त्यसको संख्या बाँडफाँडको टुंगो लगाउने जिम्मा दिइएको कांग्रेस र माओवादी केन्द्रको कार्यदलका नेता सहित प्रधानमन्त्री देउवा र प्रचण्डको संयुक्त बैठक भएको थियो।
बैठकमा सहभागी माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, राजपासँग संविधान संशोधन लगायतका विषयमा राजनीतिक समझदारी बनाउने र त्यसपछि मात्रै बिना हतारो सरकार विस्तार गर्ने कुरा भएको छ।
सरकारले संविधान संशोधन विधेयक संसद्‌मा दर्ता गरेको छ।
राजपाले उक्त संशोधन पारित गराउन आग्रह गर्दै आएको छ।
त्यही विषयमा थप छलफलको आवश्यकताबारे नेता पुनको भनाइ छ,संशोधनलाई छिट्टै मतदानमा लग्ने या अझैं छलफल गर्ने भन्नेबारे कुरा गर्ने हो।