प्रधानमन्त्री देउवाले गरे सप्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन,तत्कालका लागी २५ हजारका दरले राहत दिने घोषणा ।

0
846

काठमाडौ असार २३ ।प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा भ्रमण गर्नुभएको छ । गृहमन्त्री जनार्दन शर्मा सहित हेलिकोप्टरमा सत्तरी पुगेका प्रधनमन्त्रीले बाढीपीडित परिवारलाई तत्कालका लागी २५ हजारका दरले राहत दिने घोषणा गर्नुभयो ।

प्रधानमन्त्री देउवासहितको टोलीले सप्तरीकै तिरहुत गाउँपालिकाको महोली खोलाको बाढीले भत्काएको लोहजारा बाँधको पनि अवलोकन गरेको छ । बाढीपीडितलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार बाढी पीडितको साथमा रहेको बताए ।
बाढीपीडित परिवारलाई २५ हजारका दरले राहत दिने र १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था मिलाउने प्रधानमन्त्री देउवाले बताएका छन् ।गृहमन्त्री जनार्दन शर्माले सुरक्षा निकायलाई तदारकताका साथमा काम गर्न निर्देशन दिए ।