योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न मेडिकल कलेजहरुलाई सरकारको निर्देशन,निर्देशन कार्यान्वयन नभए सम्बन्धन खारेज गर्ने !

0
617

काठमाडौ असार २३।सरकारले सातदिन भित्र योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सा शिक्षा अन्तर्गतको विशेषज्ञ तहमा योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न निर्देशन दिएको हो ।प्रधामन्त्रीको कार्यालयमा मुख्य सचिव डाक्टर सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले मन्त्रिपरिषद बैठकको ०७२ साल असोज १ गतेको निर्णय तथा सर्वोच्च अदालतको ०७२ मंसिर १५ तथा ०७३ साल जेठ २१ गतेको निर्णय अनुसार योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न र त्यसको जानकारी गराउन निर्देशन दिएको छ ।
निर्देशन कार्यान्वयन नभएमा कानुन बमोजिम मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने प्रधानमन्त्री कार्यालयको चेतावनी छ ।केहि निजी मेडिकल कलेजहरले मनपरी शुलक लिएर विद्यार्थी भर्ना गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।