बिराटनगर महानगरपालिकमा कांग्रेसको सानदार जित ।

0
905

बिराटनगर २५ असार, । बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् । मध्यरातमा सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेस उम्मेदवार पराजुली र इन्दिरा कार्की विजयी भएका हुन् ।मेयरमा विजयी पराजुलीले २३०३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढकालले १७३२१ मत पाएका छन् ।
उपमेयरमा निर्वाचित नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २०१८६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११५४४ मत पाएकी छन् ।

महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरीबाबु महर्जनले जितिसकेका छन् । काठमाडौं र पोखरा महानगरपालिकामा भने एमालेले जितेको छ ।

चुनाव सम्पन्न भएका चार महानगरमध्ये कांग्रेस एमालेले दुई दुईवटामा जित निकालेका छन् ।
बिराटनगरमा मेयर पदका लागि एमालेले फोरम लोेकतान्त्रिकसँग र संघीय समाजवादी फोरमले तालमेल गरेका थिए । तर गठबन्धनलाई हराउँदै कांग्रेस उम्मेदवार पराजुलीले जित लिकालेका हुन् । महानगरका वडाहरुमा पनि कांग्रेसले नै बढी सिट जितेको छ । कांग्रेसले सबैभन्दा बढी ७, एमालेले ३, माओवादी केन्द्रले १, संघीय समाजवादी ६ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।