असार २५ काठमाडौ । पहिरोका कारण असुरक्षा बढेपछि नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट राति १० घण्टा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा रोक लगाउने निणर्य गरेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार मुग्लिनबाट साँझ ७ बजे र नारायणगढ ६ बजेदेखि यातायात चलाउन पाइने छैन । बिहान मुग्लिनबाट ५ बजे र नारायणगढ बाट ४बजे यातायात खुला गरिनेछ।जिल्ला प्रशासन कार्यालयले बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह पनि गरेको छ ।
यसअघि व्यवस्थापिका–संसद्, विकास समितिले पनि उक्त सडकको अनुगमन गरी पहिरोका कारण धेरैले ज्यान गुमाइसकेको र अझै पनि खतरा उत्तिकै रहेको भन्दै यातायात सञ्चालन नगर्न विशेष ध्यानाकर्षण र निर्देशन दिएको थियो।अर्काे सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुनेछ ।
Home banner news आजबाट नारायणगढ–मुग्लिन सडकखण्ड राति १० घण्टा बन्द गरिने,बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह...