मौद्रिक नीति सार्वजनिक,घर कर्जा सीमा र सवारी साधन कर्जाको प्रावधान खुकुलो ।

0
1266

असार २५ काठमाडौ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत घर कर्जा सीमा र सवारी साधन कर्जाको प्रावधान खुकुलो बनाएको छ। आगामी आर्थिक बर्ष २०७४र७५ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डाक्टर चिरञ्जीवी नेपालले अटो लोनको सीमा ५० प्रतिशतबाट ६५ प्रतिशत पुर्याएको जानकारी दिए। जस अनुरुप अब नयाँ गाडी किन्दा ३५ प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ।
चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अटो लोनुमा कडाइ गरिएको थियो। गाडी कर्जामा कडाइ गरेसँगै सवारीसाधन बिक्री घटेको थियो। यसले भन्सार राजश्वमा समेत नकारात्मक प्रभाव पारेपछि सीमा बृद्धिकालागि अर्थमन्त्रालयले राष्ट्र बैंकलाई सुझाव दिएको थियो।

सवारीसाधन बिक्रेताले गाडीको कर्जा सीमालाई ७० प्रतिशत पुर्याउन माग राख्दै आएका थिए। यसप्रति अर्थ मन्त्रालय पनि सकारात्मक थियो।यस्तै व्यक्तिगत घर कर्जा सीमा पनि एक करोडबाट बढाएर डेढ करोड रुपैयाँ पुर्याइएको छ।