बिप्लबको बन्दले बिद्यालय प्रभावीत,अन्यत्र सामान्य प्रभाव पनि परेन ।

0
308
असार २७ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विषयलाई लिएर गरेको बन्द आह्वानका केहि जिल्लाका केही शैक्षिक संस्था बाहेक अधिकांश शैक्षिक प्रतिष्ठान बिहानैदेखि बन्द छन् ।
बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको छ । निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन प्याब्सनका महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको जनाउनुभयो ।
४ कार्यकर्ता पक्राउ
बन्द सफल पार्नका लागि प्रचारप्रसारमा संलग्न नेकपा धरान नगर इन्चार्ज सुरज राई, सङ्खुवासभा चैनपुर– ९ घर भई धरानमा नै बस्दै आएका नताशा सुवेदी, झापा घर भएका सचिवालय सदस्य पुष्प न्यौपाने र झापा बिर्तामोडका आर्यन अधिकारीलाई सोमबार राति धरानको भानुचोकबाट पक्राउ परेका छन् ।
बसमा तोडफोड
नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गको खैरहनी चोकमा एक यात्रुवाहक बसको सिसा फुटाएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सर्लाहीको बरहथवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १०८५ नंको बसमा तिनले ढुङ्गा प्रहार गरेका थिए । बिहान २.४५ बजे स्कुटरमा चढेर आएका दुई जनाले पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित खैरहनी चोकमा गुडिरहेको गाडीमा ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीको चालकतर्फको झ्यालका सिसा फुटेका छन् ।
प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ढुङ्गा प्रहार गर्नेको खोजी भइरहेको छ । सो पार्टीले आफ्ना गिरफ्तार कार्यकर्ताको रिहाइको माग गर्दै आज नेपाल बन्दको आह्वान गरेको छ । जिल्ला हुँदै लामो दूरीमा गुड्ने सवारीसाधनलाई स्कर्टिङ गरिएको थापाले बताउनुभयो । स्थानीयस्तरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बन्दको प्रभाव बिहानसम्म खासै देखिएको छैन ।