अविरल वर्षले महोत्तरीमा यातायात ठप्प ।

0
515
महोत्तरी २७ असार । अविरल परेको पानीका कारण जिल्लाको मुख्य बाटो जलेश्वर– जनकपुर सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
३,४ दिन देखि लगातार परेको वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत बाटो पटक पटक अवरुद्ध हुँदै आएकामा आज बिहानैदेखि मुख्य मार्गमा यातायात ठप्प भएका छन् । जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण बाटो बन्द भएको बेला बर्षले अझ प्रभाव पारेको छ ।
वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटामा बस, जिप, ट्यांकर, ट्रक, टेम्पु, अटोरिक्सा र मोटरसाइकलसमेत चलाउने अवस्था नरहेको ब्यबसाइहरुले बताएका छन् ।