असार २७ चितवन । नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले नेपालको शिक्षालाई विश्व शिक्षा संग प्रतिस्पर्धी बनाउन बजेटमा २० प्रतिशत शिक्षाका लागी सरकारले व्यवस्था गरेको बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर चितवन, ने वि संघले नव आगन्तुक विद्यार्थीहरुका लागी आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष महरले हरेक स्थानीय तहमा एक र एक प्राविधिक शिक्षालय स्थापना, सर्टिफिकेट धितो राखेर विद्यार्थीलाई निशुल्क भर्नाको व्यवस्था सबै गाउँका प्राथमिक विद्यालयमा सरकारी तबर बाट बालविकास केन्द्रको विकास गर्नकालागी शिक्षाम बजेट वृद्धी गर्न पर्ने कुरा बताए।
नेपालका प्राय सबै ठूला पार्टीको घोषणा पत्रमा शिक्षाका लागी २० प्रतिशत बजेट विनियोजन गरेकाले यसको कार्यन्वयनका लागी वर्तमान सरकार र कांग्रेस पार्टीले नेतृत्व लिने बेला आएको भन्दै महरले शैक्षिक बेरोजगार भत्ताको व्यवस्था गर्न समेत माग गर्नुभयो ।