सरकारले गर्यो,राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त ।

0
729

काठमाडौं असार २९ । सरकारले राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रहेका राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले क्षेत्रीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको जागिरे भएपछि खालि रहेको पदमा सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

मुख्य सचिवका लागि धनबहादुर तामाङ, शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठले लविङ गरिरहेका थिए । मुख्य सचिव नियुक्त भए पनि क्षेत्रीको नामको खासै चर्चा भएको थिएन । बरिष्ठताको आधारमा क्षेत्रीलाई नियुक्त गरिएको मन्त्री ज्ञानेन्द्र
बहादुर कार्कीले जानकारी दिए । मुख्य सचिव क्षेत्रीको कार्यकाल उमेर
हदका कारण चार महिनाको मात्र हुनेछ ।

मुख्य सचिवमा नियुक्त क्षेत्री उर्जा मन्त्रालयको सचिव हुँदै ,अख्तियार दुरूपयोग अनुसन्धान आयोग र गरिवी निवारण मन्त्रालयमा सचिवको रुपमा कार्यरत थिए ।