मौद्रिक नीति नसच्चाए वित्तिय स्थायीत्वमा संकट आउँछ, आइएसएसआर ।

0
1268
काठमाडौ २९ असार । अर्थविद्हरुले ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्न मौद्रिक नीति बाधक बन्ने टिप्पणी गरेका छन् । राजधानीमा इन्स्च्युट फर स्टटाटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च नामक सँस्थाले गरेको मौद्रिक नीति माथीको छलफल कार्यक्रममा कर्जा नीतिमा भएको कडाइले आथिृक वृद्धि हाँसिलमा कठिनाई हुने बताएका हुन् । आइएसएसआरका कार्यबाहक अध्यक्ष डाक्टर गोविन्द नेपालले न्युन आर्थिक दर भएको अवस्थामा तोकिएको कर्जाको वृद्धिदरलाई यथावत राखी आगामी आर्थिक बर्षमा ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्न खोज्नु मौद्रिक नीतिको विरोधाभाषपूर्ण हुने बताउनुभयो । बाणिज्य बैकहरुले कृषिमा १० प्रतिशत,जलविद्युत्मा ५ प्रतिशत पर्यटनमा ५ प्रतिशत र अन्य प्राथमिकता प्राप्त क्षेत्रमा ५ प्रतिशत गरी २०७५ असार मसान्त सम्ममा कुल कर्जाको २५ प्रतिशत अनिवार्य रुपमा कर्जा प्रवाह गर्नुपर्ने व्यावस्था मौद्रिक नीतिले गर्नु सकारात्मक भएपनि थप कर्जा प्रवाह बढ्न सक्ने अवस्थामा नदेखिएकाले त्यो कार्यन्ययनमा शंका रहेको नेपाललको भनाइ थियो । २०७३÷४७ मा मौसम अनुकुल,बन्दहड्तालमा कमी लोडसेडिङमा कमि जस्ता कारणले उच्च अंकमा आर्थिक वृद्धिदर हाँसिल गर्न सम्भव भएपनि बढ्दो व्यापार घाटा तथा लागनीको बताबरण बनिनसकेकाले यो आथिृक वृद्धिदरलाई टिकाइ राख्न पनि उत्तिकै चुनौतीपूर्ण रहेको आइएसएसआरका सदस्य डाक्टर रविन्द्र पाण्डेको भनाइ थियो । यस्तै राष्ट्र बैककले ल्याएको मर्जर तथा एक्विजिसन सम्बन्धि व्यावस्था पनि सफल नभएको उनिहरुको तर्क छ । मौद्रिक नीतिले विकास बैक तथा वित्तिय सँस्थाको भूमिकालाई नजर अन्दाज गरेको ठहर पनि अर्थविद्हरुको छ ।आर्थिक गतिविधिमा शिथिलता ल्याउने,व्यावसायिकता प्रर्वद्धन नहुने,कर्जाको बढ्दो व्याजदरले उत्पादनशिल क्षेत्रमा लगानी प्रभावित हुने र बढ्दो ब्याजदरले दीर्घकालिन कजाृमा संकुचन आउने तथा कर्जा जोखिम बढी वित्तिय स्थायीत्वमा संकट उत्पन्न हुने भएकाले मौद्रिक नीतिमा भएका कमी कमजोरी तत्काल सच्याउनु पर्नेमा उनिहरुको जोड थियो ।