अन्तरजातिय बिबाह गर्नेको संख्यामा बृद्धि ।

0
625
खोटाङ, ३० असार । कुनै समय पानी नचल्ने जाती बिच हिजो आज धुमधामले बिबाह हुन थालेको । अन्तरजातिय बिबाह गरेका खोटाङका सात जोडीलाई सम्मान गरिएको छ । दलित भए पनि गैरदलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले सम्मान गरेको हो ।
दलित विकास मञ्चले रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट मझुवागढी नगरपालिका– निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता राई, रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरोजकुमार विश्वकर्मा र ईश्वरी सुवेदी, रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भूमिराज दर्जी र पार्वती गुरुङ, दिप्रुङ गाउँपालिका–१ याम्खाका हरि मुग्राती र लक्ष्मी गुरुङ, रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका राजेन्द्र विश्वकर्मा र सुशिला मगर तथा खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका यदुकुमार नेपाली र कुमारी आचार्यलाई सम्मान गरेको छ ।
अन्तरजातीय विवाह गरेर समाजमा नमूना जोडीका रुपमा सङ्घर्ष गरिरहेका जोडीलाई सम्मानस्वरुप जिल्ला समन्वय समितिले एकमुष्ट रु २५ हजार प्रदान गरिएको मञ्चका अध्यक्ष मिलन चाहारले बताउनुभयो ।