Home मुख्य समाचार मानव अधिकार शिक्षा बिद्यालय स्तरबाटै गराउन अधिकारकर्मीहरुको माग ।
काठमाडौँ, ३० असार । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज भेटी विद्यालयस्तरमै मानव अधिकार शिक्षा दिन आग्रह गरेको छ ।
समाजमा आपसी घृणालाई बढावा र पृष्ठपोषण गर्ने कार्यमा केही तप्का सक्रिय रहेको सन्दर्भमा सद्भाव प्रवद्र्धनका लागि विद्यालयस्तरमै औपचारिक एवं अनौपचारिक शिक्षा प्रदान गर्नुपर्ने सो संस्थाको माग हो । मन्त्री श्रेष्ठले उक्त सुझावलाई कार्यान्वयन गराउन आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन दिनुभयो ।
कतिपय निजी विद्यालयद्वारा विद्यार्थी र अभिभावकको शोषण भइरहेको हुँदा त्यस्तो कार्य अन्त्य गर्न पनि शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिमण्डल समाजका सभापति गंगाधर अधिकारीको नेतृत्वमा गएको थियो ।
Post Views: 452