काठमाडौँ र पाटन दरबार स्क्वायरको पुन निर्माणमा जापानले सघाउने ।

0
487
काठमाडौँ, ३० असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले आज शिष्टाचार भेट गरी काठमाडौँ र पाटन दरबार स्क्वायरको पुनःनिर्माण जापानले प्रदान गरेको आर्थिक सहयोगको परिचालनबारे चासो राख्नुभएको छ ।

सो अवसरमा डा पोखरेलले पुनःनिर्माणमा पछिल्लो समय उल्लेख्य प्रगति भएको जिकिर गर्दै आगामी आव पुनःनिर्माण थप उल्लेखनीय रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।