इजिप्टमा आतंककारी आक्रमण, ५ जना सुरक्षाकर्मीको मृत्यु ।

0
610
कायरो, ३० असार । इजिप्टेली प्रान्त गिजामा रहेको प्रहरी चौकीमा आतङ्ककारीले गरेको आक्रमणमा परी कम्तीमा पाँच सुरक्षा अधिकारी मारिएका छन् ।
गृह मन्त्रालय स्रोतले शुक्रबार उक्त जानकारी दिएको छ । यस आक्रमणमा परी मारिएकामा तीनजना हालैमात्र सेवामा प्रवेश गरेका थिए ।
दक्षिणीपश्चिमी कायरोको बर्दासिन जिल्लामा रहेको सो चौकीमा आक्रमण भएको थियो । इजिप्टको एक आधिकारिक समाचार समिति मेनाले सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सो जानकारी दिएका छन् ।
यद्यपि स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले सो आक्रमण गरेको बताएका छन् ।